प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्नि सापकोटाविरुद्ध प्रतिनिधिसभामा नाराबाजी गर्दै बैठक अवरुद्ध गरेको छ ।
पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त नगरेर दल विभाजनमा सहयोग गरेको भन्दै एमाले सांसदहरुले विरोध गरेका हुन् ।
प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिनको बैठक शुरु सुरु हुनासाथ उनीहरुले उठेर विरोध गरेका थिए । त्यसलगत्तै सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई समय दिनुभएको थियो ।
भट्टराईले एमालेले कारबाही गरेका सांसदलाई पदमुक्त नगरेकामा सभामुखमाथि नै प्रश्न गर्दै भन्नुभयो, ‘तपाईले नेकपा एमालेले कारबाही गरेका सांसदहरुलाई बचाउन र नेकपा एमाले टुक्र्याउन किन सारथिको भूमिका निभाउनु भयो ?’