अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स आज नेपाल आउँदैछन् ।
चारदिने नेपाल भ्रमणको क्रममा अमेरिकी उच्च टोलीले नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन गराउने प्रयास गर्नेछ । उपाध्यक्ष सुमारको टोली कतार हुदै काठमाडौं आउन लागेको हो । चार वर्षअघि नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बीच मिलेनियम च्यालेञ्ज सम्झौतामा हस्ताक्षर भएको थियो ।