Badikedar Khabar

पूर्वमन्त्री रेगबहादुर सुवेदीकाे निधन

राेल्पा – पूर्वमन्त्री रेगबहादुर सुवेदीको निधन भएको छ ।

jnhit

रोल्पाको सुनिलस्मृति गाउँपालिका-६ गजुलका ८२ वर्षका सुवेदीको आज बिहान आफ्नै निवासमा निधन भएको हो ।

पञ्चायतकालमा रोल्पाबाट पटक पटक राष्ट्रिय पञ्चायत सदस्य बन्नुभएका सुवेदी २०३९ सालमा भूमिसुधार सहायक मन्त्री बन्नुभएको थियो ।

२०२० सालदेखि राप्रपाबाट राजनीति सुरु गर्नुभएका सुवेदी अहिले भने नेपाली कांग्रेसमा आबद्ध हुनुहन्थ्यो ।

sugag
याे पनि हेर्नुस्
Loading...