Badikedar Khabar

कञ्चनपुरमा ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो लुगा वितरण

धनगढी । चुजी फाउन्डेसनको सहयोग र नेपाल परिवार दलका युवा नेता खडक नागरीको पहलमा कञ्चनपुरमा न्यानो कपडा (ब्लाङ्केट) वितरण गरिएको छ । जिल्लाको कृष्णपुर नगरपालिका गजरौला सुकुम्वासी टोल वडा ५ का वृद्धा, गरिब र एकल महिलाहरूलाई न्यानो कपडा (ब्लाङ्केट) वितरण गरिएको हो ।

चिसोबाट जोगाउनको लागि परिवार दलले कैलाली र कञ्चनपुरसहितका जिल्लामा न्यानो लुगा वितरण गर्न थालिएको परिवार दलका युवा नागरीले जानकारी दिए । उनका अनुसार आज २५ पिस न्यानो कपडा (ब्लाङ्केट) वितरण गरिएको हो ।

सो कार्यक्रममा नेपाल परिवार दलका कृष्णपुर नगरपालिका युवा नेता कमल नेपाली, पिस फोर्स केन्द्रीय सदस्य अजय जैरु लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । यस टोलका स्थानीयहरुले स्थानीय सरकार र कुनै संघ संस्थाले कुनै किसिमको सहयोग नगरेको गुनासो गरेका छन् ।

नेपालको एक मात्र पार्टी परिवार दल सरकारमा नभएको समयमा पनि दुखी गरिबहरूको सहारा बनेकोमा भन्दै उनीहरूले खुसी व्यक्त गर्दै धन्यवाद दिए ।

याे पनि हेर्नुस्
Loading...