टिप्परले कुल्चिदाँ दुई जनाको मृत्यु भएको छ। सोमबार साँझ ८ बजेको समयमा बढैयाताल गाउँपालिका–३ सतपतिया स्थित आँगनमा आगो ताप्दै गरेको अवस्थामा टिप्पर अनियन्त्रित भई कुल्चेको हो।
बढैयाताल गाउँपालिका–३ का ४५ वर्षिय सोम बहादुर बिकको घटनास्थलमै र ४५ वर्षिय रामु थारुको नेपालगंज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए। अन्य तीन जना घाईते भएका छन्।
घाईते तीनै जनाको नेपालगंज मेडिकल कलेजमा उपचार भईरहेको छ। बढैयाताल गाउँपालिका–३ की ३५ वर्षिय प्रमिला चौधरी, ४० वर्षिय चमेलिया थारु र टिप्परका सहचालक सुर्खेत बिरेन्द्रनगर नगरपालिका–११ का १९ का लक्ष्मण सुनार घाईते भएका छन्।
भे१ क१४९५ नम्बरको टिप्पर सुर्खेतबाट जमुनीतर्फ जाँदै गरेको अवस्थामा अनियन्त्रित भई घर आँगनमा आगो तापिरहेका व्यक्तिहरुलाई कुल्चेको हो। चालक सुर्खेत बिरेन्द्रनगर नगरपालिका–११ का ३३ वर्षिय दुर्गा बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।