Badikedar Khabar

सडकमा पार्किङ गर्न रोक लगाएपछि , बसपार्क गाडीहरुले भरिभराउ

डोटी– दिपायल बसपार्कमा  ट्राफिक प्रहरीले सडकमा पार्किङ गर्न रोक लगाएपछि चारपाङ्ग्रे सवारी साधानहरु बसपार्कमा पार्किङ गर्न थालिएको हो ।

सञ्चारमाध्यममा सवारी साधनहरु सडकमा अस्तव्यस्त पार्किङ गरिएको विषयमा समाचार प्रकाशन भएपछि जिल्ला ट्राफिक कार्यालयले सडकमा पार्किङ गर्न रोक लगाएको हो । बसपार्क व्यवस्थित नहुँदा पार्किङमा समस्या रहेको सवारीधनीहरुको गुनासो छ । बसपार्कमा पार्किङ गरिएका सवारी साधनहरुमा तोडफोड समेत हुने गरेको उनिहरुले बताए ।

ट्राफिक प्रहरीले मंगलबारबाट यात्रुवाहक सवारी साधनहरु अनिवार्य बसपार्कमा पार्किङ गराउनु पर्ने व्यवस्था गरेको छ ।

यस अघि जिल्लाको प्रमुख व्यापारिक केन्द्र रहेको दिपायल पिपल्ला बजारमा वर्षौदेखि सडकमै अस्तव्यस्त पार्किङ गरिदै आएको थियो । वर्षौदेखि सडकमै सवारी साधन दिनभर रोकिदिने र त्यहीँबाट ग्रामीण क्षेत्रका लागि नम्बर उठाउने गर्नाले पिपल्ला बजारको सडकमा पार्किङको अवस्था अस्तव्यस्त बनेको थियो ।

याे पनि हेर्नुस्
Loading...