Badikedar Khabar

डोटीका दुई जना सहित सुदूरपश्चिमका ३६ जना शाखा अधिकृतमा सिफारिस

डोटी– निजामती सेवामा खुला प्रतिस्पर्धाबाट छनोट गरिने निजामती सेवा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदमा डोटीका दुई जना सहित सुदूरपश्चिम प्रदेशका ३६ जना सिफारिस भएका छन् ।

लोक सेवा आयोगले प्रकाशित गरेको पदपूर्तिसम्बन्धी नतिजाअनुसार प्रशासन, लेखा, लेखापरीक्षण, राजस्व र संसद् सेवा समूहका चार सय ८५ जना अधिकृत उत्तीर्ण भएकामध्ये सुदूरपश्चिमका ३६ जना उत्तीर्ण भएका हुन् । प्रदेशमा सबैभन्दा बढी कञ्चनपुरका १०, बझाङका ८, कैलाली र दार्चुलाका ४÷४, अछाम र बैतडीका ३÷३ र डडेल्धुरा र डोटीका २÷२ जना सिफारिसमा परेका छन् ।
गत भदौमा सबै परीक्षा पूरा गरे पनि कर्मचारी समायोजनसम्बन्धी विवादका कारण उत्पन्न जटिलता जोडिएपछि सर्वोच्चको आदेशमा नतिजा प्रकाशन रोकिएको थियो । सर्वोच्चले केही दिनअघि दिएको आदेशअनुसार रोकिएको नतिजा प्रकाशन सार्वजनिक गरिएको हो ।

याे पनि हेर्नुस्
Loading...