Badikedar Khabar

एमसीसी नेपाल सम्झाैतासम्बन्धी कुनै पनि दस्तावेज ‘लुकाइएकाे’ छैन : एमसीए नेपाल

 

काठमाण्डाै – मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले एमसीसी नेपाल सम्झाैतासम्बन्धी कुनै पनि दस्तावेज गोप्य वा लुकाइएकाे नरहेको दाबी गरेको छ ।

एमसीसी सम्झौता बारेका दस्तावेजहरू लुकाइएको चर्चा चलिरहेको बेला अर्थ मन्त्रालय अन्तर्गतको एमसीए नेपालले आज मङ्गलवार विज्ञप्ति निकालेर सार्वजनिक महत्त्वका सम्पूर्ण दस्तावेजहरू आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सार्वजनिक गरिएको र कुनै पनि दस्तावेज नलुकाएको बताएको हो ।

सत्तारुढ गठबन्धनका नेता झलनाथ खनालले एमसीसीसम्बन्धी लुकाइएका केही सम्झौताहरू आफूहरूले फेला पारेको भनेर सञ्चारमाध्ययममा अन्तर्वाता दिनुभएको थियो ।

विज्ञप्तिमा ‘एमसीए नेपाल’ नेपाल सरकारको जिम्मेवार निकाय भएको र एमसीसी नेपाल कम्प्याक्ट नेपालको आर्थिक हितका लागि सरकारबाट कार्यान्वयन गर्न लगिएको सम्झौता भएकाले यससम्बन्धी कुनै पनि दस्तावेज गोप्य राखिनु वा लुकाउनु एमसीए नेपालको पारदर्शिताप्रतिको प्रतिबद्धता विपरीत हुने उल्लेख छ ।

याे पनि हेर्नुस्
Loading...