Badikedar Khabar

पुनर्वास हाटबजारको जग्गा व्यक्तिको नाममा

  कञ्चनपुर    ,रसम्पत्तिको संरक्षण गर्नुपर्ने समितिलेनै आर्थिक लाभ लिन सार्वजनिक जग्गा धमाधम बेच्न सुरु गरेपछि सरकारी जग्गा व्यक्तिका नाममा पुगेको छ । तत्कालिन अवस्थामा जग्गामा निर्मित हाटबजारका करोडौ लगानीमा भवन पनि यतिबेला ब्यक्तिका नाममा कायम हुन पुगेका छन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिका ६ स्थित कृषि हाटबजारको नाममा रहेको जग्गा तत्कालीन व्यवस्थापन समितिले धमाधम बेच्न सुरु गरेपछि करोडौं लगानीमा निर्मित भवनहरु निजी स्वामित्वमा पुगेका हुन् ।

तत्कालिन ग्रामीण आवास कम्पनी लिमिटेडले २०५८ चैत १२ गते कम्पनीसंग १ लाख ७५ हजार ४ सय तिर्ने गरी पुनर्वास हाटबजार समितिको नाममा १७ कठ्ठा १० धुर जग्गा राजीनामा गरिदिएको थियो । जग्गाको एकल स्वामित्व पाएको हर्कबहादुर थापाको अध्यक्षतामा रहेको हाटबजार सञ्चालन समितिले निर्णय गरि जग्गा बेच्न सुरु गरेको पाइएको छ ।

हाट बजार समितिको ऋण तिर्ने नाममा २०५९ देखि हाटबजारको जग्गा बेच्न सुरु गरिएको पाइएको हो । तर अहिले ८ कट्टा जमिन हाटबजार समितिका अध्यक्ष हर्कबहादुर थापालगायतका अन्य व्यक्तिहरुको नाममा पुगेको छ । सो जमिनको १४ कित्ता बिक्री भइसकेको छ । अहिले उक्त जमिनको ८ जनाको लालपूर्जा समेत बनेको पाइएको छ ।

jnhit

अध्यक्ष थापाले समितिको बहुमत निर्णयबाट हाटबजारको जग्गा बेच्न कानुनी अडचन नआएपनि सार्वजनिक सम्पत्तिको दोहन गलत मनसायबाट गरिएको स्थानीयहरुले बताउँदै आएका छन् ।
सरकारी सम्पति व्यक्तिको नाममा पुगेपछि त्यहाँका स्थानीय आन्दोलित भएका छन् ।

‘बदनीयत रुपले सरकारी जमिन हडप्ने काम गरिएको भन्दै स्थानीय राजकुमार श्रेष्ठले भने, ‘यसलाई पुनः हाटबजारकै स्वामित्वमा ल्याउनुपर्छ ।’ करिब तीन सय भन्दा बढी रुखहरु पनि अध्यक्षले बचेको उनको आरोप छ । उनले रुख विक्री गर्दा कुनै व्यक्तिलाई १० हजारमा र कुनैलाई १६ हजारका दरले विक्री गरिएको उनले बताए ।

हाटबजार सञ्चालन समितिको बहुमत निर्णयबाट सार्वजनिक जग्गा बेच्ने कार्य गलत नियत र बेइमानी भएको पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णबहादुर तामाङले बताए । ऋण छ भन्दैमा हाटबजारको जग्गा बेच्नु नै समितिको बेइमानी भएको उनको भनाई छ ।

बेचिएको जग्गालाई पुनः हाटबजारको स्वामित्वमा ल्याउने गरि समिति समेत गठन गरिएको छ । उक्त समितिकी अध्यक्ष मेनुका उप्रेतीले हाटबजारको नामको जमिन समितिका ब्यक्तिहरुले गलत नियतले कानुन र प्रक्रियामै जालसाजी गरि आफ्नो नाममा बनाएको आरोप लगाइन् । उक्त कार्यलाई बदर गराई हाटबजारकै स्वामित्वमा ल्याउन आफूहरु लागिरहेको उनले बताइन् ।

तत्कालिन त्रिभुवन गाविसको अध्यक्ष रहेका पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले हाटबजारको जमिन जुन प्रयोजनका लागि लिइएको हो त्यहि हुनुपर्ने बताए । त्यसबेला आफैले हाट बजारको लागि सो जग्गा सिफरिस गर्न दिएको भएपनि तत्कालिन समितिले कुनै जानकारी नै नदिएर व्यक्तिको नाममा गरेको उनले बताए ।

‘पहिलो बिधानमा हाट बजारको लागि भनिएको छ,’ उनले भने, ‘समितिले पनि बिधान संशोधन गरेर त्यो कार्य गरेको रहेछ । त्यसबारे आफूलाई जानकारीसमेत थिएन ।’

sugag
याे पनि हेर्नुस्
Loading...