Badikedar Khabar

कैलालीमा बेवारिसे ६४ कट्टा चिनी बरामद

धनगढी १८ माघ/ प्रहरीले कैलालीबाट बेवारिसे अवस्थामा ६४ कट्टा चिनी बरामद गरेको छ। जिल्लाको भजनी नगरपालिका–१ भजनी रजवारास्थित ग्रामिण सडक खण्डबाट बेवारिसे ६४ कट्टा चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीको गस्ती टोलीले चिनी बरामद गरेको बताइएको छ। बरामद भएको चिनी सत्ती भन्सार कार्यालय टीकापुर पठाइएको प्रहरीले जनाएको छ।

याे पनि हेर्नुस्
Loading...