डोटी – भोलिबाट सुदूरपश्चिमको प्रमुख पर्यटकीय र धार्मीक क्षेत्र खप्तड, बडीमालिका लगायतका क्षेत्रहरुमा हेलिकोप्टर मार्फत धुम्न गर्न पाइने भएको छ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) सुदूरपश्चिम प्रदेशले फागुन १ गतेदेखि सुदूरपश्चिमका खप्तड, बडीमालिकालगायत क्षेत्रका लागि ’टुर प्याकेज’ सार्वजनिक गरेको छ ।
नेपाल पर्यटन बोर्ड तथा माउनन्टेन हेलिकोप्टर प्रालिसँगको सहकार्यमा टुर प्याकेज ल्याएको अध्यक्ष मायाप्रकाश भट्टले जानकारी दिएका हुन् । बोर्डसँगै सुदूरपश्चिम प्रदेश सरकार र खप्तड राष्ट्रिय निकुञ्ज प्रवद्र्धक तथा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम प्रदेश, माउण्टेन हेलिकप्टर र उद्योग वाणिज्य महासंघ, सुदूरपश्चिम तथा होटल व्यवसायी महासंघ सुदूरपश्चिमको सहकार्यमा टुर आयोजना हुने भएको हो ।
सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य खप्तड बडिमालिका लगायतका स्थल हिउँले सेताम्मे रहेकाले भ्रमण गर्न चाहनेका लागि यो कार्यक्रम ल्याइएको हो । नाटा सुदूरपश्चिमले १० दिनको अवधिमा कम्तीमा ३ सय ५० जना आन्तरिक पर्यटकलाई खप्तड र बडिमालिका अवलोकन गराउने लक्ष्य राखेको जनाएको छ ।
प्याकेजमा खप्तड घुम्न चाहानेलाई दिपायल विमानस्थल, झिग्राना, धनगढी, महेन्द्रनगर र साफेबगरबाट हेलिकप्टरले लैजाने र ल्याउने छ । घुमफिरमा जाने यात्रुहरुले स्थानको हिसाबले १२ हजारदेखि ४० हजार रुपैयाँसम्म प्रतिव्यक्ति शुल्क तिर्नुपर्ने छ । सुदूरपश्चिम प्रदेश भारतका विभिन्न सहरसँग जोडिएकोले यो कार्यक्रममा भारतीय पर्यटकसमेत सहभागी हुनेछन् । बोर्डले केही सातामा त्यहाँ मार्टको आयोजना पनि गर्दैछ