
प्रकाश बहादुर थापा , डोटी
अखिल (क्रान्तिकारी) डोटीको आयोजनमा दिपायल डोटीमा २७ औं जनयुद्धको पूर्व सन्धियमा दिप प्रजवलन कार्यक्रम सम्पन्न गरेको छ । महान २७औं जनयुद्ध सफल पारौ,एकिकृत जनक्रान्ति जिन्दावाद,विर सहिद लाल सलाम,एम.सि.सि.समझौता खारेज गर भन्ने नारा सहित शुरु भएको दिप प्रजवलन कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष प्रकाश कठायत,उपाध्यक्ष दिपक भण्डारी,युवा संगठन नेपाल जिल्ला अध्यक्ष सुशिल मलासी लगायत नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।
