नेपाल कम्युनिष्ट पार्टी अछाम द्वारा २७ औं जनयुद्ध दिवस विभिन्न सांस्कृतीक झाँकी सहित भव्य रूपमा सम्पन्न।
कमल विक अछाम
नेपाल कम्युनिष्ट पार्टी अछामले २७औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गर्दै सम्पन्न गरेको छ। अछामको ढकारी बाजारमा नेपाल कम्युनिस्ट पार्टी संगै नेकपा माओवादी केन्द्र को पनी सहभागिता रहेको थियाे। कार्यक्रमा विभिन्न सांस्कृतिक झाँकीहरु सहित विभिन्न कार्यक्रमहरु गरिएका थिए। तत्कालिन नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गते जनयुद्ध सुरु गरेको दिनको सम्झनामा हरेक बर्ष फागुन १गते प दिवस मनाउने गरिन्छ।
प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल कम्युनिस्ट पार्टी अछामका जिल्ला संगठन समिति सचिव तपेन्द्र तिमिल्सिनाले २७ औं जनयुद्ध दिवसको सबै सर्बहारा श्रमजीवी जनता र क्रान्तिकारी शक्तिहरुलाई शुभकामना दिदै महान दस वर्षे जनयुद्धका सहिद बेपत्ता र घाइते योद्धा प्रति सम्मान बेक्त गर्नु भएको थियो। उहाँले जनयुद्धको बास्तविक उदेश्य पुरा भइनसकेकोले सहिद हरुको सपना पुरा गर्न आफ्नो पार्टी लागिरहेको बताउनु भएको छ। नेता तिमल्सेनाले सामन्त बादलाई घुँडा टेकाउने जनयुद्धले ९० प्रतिशत भुभाग कब्जा गरेको माओबादी पार्टी र जनमुक्ति सेनालाई बिगठन गरी नेपाली श्रमजिवी जनता माथि ठुलो घात गरेको आरोप लगाउनु भएकाे छ। उहाँले जनयुद्धको उदेश्यलाई पुरागर्न र उपलब्धिलाई संस्थागत गर्न एकपटक सम्पुर्ण देशभक्त क्रान्तिकारी एक भएर सँगर्स गर्नु पर्ने औलेउनु भएकाे छ। उहाँले रास्ट्रघाती एम सी सी सम्झौता को विषयमा भण्डाफोर समेत गर्नु भएको छ।
कार्यक्रमा नेकपा माओवादी केन्द्रका ढकारी गाउँपालिका अध्यक्ष निर्प थापाले महान १० वर्ष जनयुद्ध वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि भएकाे तर पार्टी नेतृत्व सम्झौतामा फस्दा यो समस्या आएको स्विकार्नु भएकाे छ।
कार्यक्रमा नेपाल कम्युनिस्ट पार्टी अछामका सचिवालय सदस्य लोकेन्द्र शाही, नेकपा अछामका सचिवालय सदस्य विज्ञान, नेकपा माओवादी केन्द्र का नेता तुलाराम उपाध्याय लगायतका अतिथि रहनु भएको थियो भने कार्यक्रमको संचालन नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति सचिवालय सदस्य निरक शाहीले गर्नु भएको थियो।