Badikedar Khabar

खप्तड र बडिमालिकामा सुरु भयो ‘हेली टुर’

धनगढी, १ फाल्गुन । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न आजदेखि ‘हेली टुर’ सुरु भएको छ। खप्तड होमस्टे झिग्राना तथा खप्तड एडभेन्चर टुर्सले विभिन्न संघ सस्थासंग मिलेर ‘हेली टुर’ सुरु गरेको हो। जिल्ला समन्वय समिति डोटीका प्रमुख राम ऐरले ‘हेली टुर’ कार्यक्रमको उद्धघाटन गरे।

आज पहिलो दिन हेलिकोप्टरबाट खप्तड र बडिमालिका घुम्नका लागि २० जना पर्यटक डोटी पुगेका थिए। ‘आज खराब मौसमका कारण खप्तड र बडिमालिका सम्म नै पुग्न सकिएन,’ खप्तड होमस्टे झिग्राना तथा खप्तड एडभेन्चर टुर्सका प्रबन्ध निर्देशक दिपकबहादुर खड्काले भने, ‘भोलिदेखि १० दिनसम्म नियमित रुपमा प्याकेज सञ्चालन हुन्छ।’

jnhit

खप्तड, बडिमालिकालगायत पर्यटकीय गन्तव्य यति बेला हिउँले सेताम्मे छन्। उक्त क्षेत्रको भ्रमण गर्ने चाहना भएका तथा समय अभावका कारण जान नसक्नेहरूका लागि प्याकेज ल्याइएको खड्काले बताए। १० दिनमा कम्तीमा पनि ३५० जना आन्तरिक पर्यटकलाई खप्तड र बडिमालिका भ्रमण अवलोकन गराउने नाटा सुदूरपश्चिमको लक्ष्य छ ।

प्याकेजमा खप्तड घुम्न चाहनेलाई दीपायल विमानस्थल, झिग्राना, धनगढी, महेन्द्रनगर र साँफेबगरबाट हेलिकोप्टरले लैजाने र ल्याउनेछ । घुमफिरमा जाने यात्रुहरूले स्थानका हिसाबले प्रतिव्यक्ति १२ हजारदेखि ४० हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्नेछ ।

सुदूरपश्चिम प्रदेश भारतका विभिन्न सहरसँग जोडिएकाले यस कार्यक्रममा भारतीय पर्यटकसमेत सहभागी हुने अपेक्षा गरिएको छ। गत वर्ष पनि खप्तड र बडिमालिकामा हेली टुर सञ्चालन गरिएको थियो।

sugag
याे पनि हेर्नुस्
Loading...