Badikedar Khabar

युबा बर्ष आधारभुत बिधालय मा पुग्यो सडक

एकेन्द्र चन्द डोटी, डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ५ मा रहेको युबा बर्ष आधारभुत बिधालय कुन्थलामा सडक पुगेको छ ।
सडक संजालमा प्राय बिधालयहरु अहिले पनि जोडिन सकेका छैनन् तर युवा बर्ष आधारभुत बिधालय मा सडक पुगेको हो ।

बडिकेदार गाउँपालिकाले बिधालय सम्म सडक पुर्याउन सहयोग गरेको र सडक बिधालय सम्म पुगिसके पछि बिद्यार्थीहरुला आवत जावतमा पनि सहज पुग्ने बिधालयले जनाएको छ।

सो बिधालय मा बडिकेदार गाउँपालिका वडा नम्बर ५ का गडिगाउ, सिराडा, मार्कोट, थानकोट लगायतका टोलका बालबालिका अध्ययन गर्दै आएका छ्न ।

टोलहरु टाढा टाढा भएकाले साना बालबालिका लाइ बिधालय आउन जान समस्या हुदै आएको र सबैटोल मा सडक बिस्तार भए पछि बिद्यार्थीहरुलाइ बिधालय पुग्न सहज हुने बिधालयका शिक्षक भरत चन्दले बताउनु भयो।

याे पनि हेर्नुस्
Loading...