एकेन्द्र चन्द डोटी, डोटीको पुर्बिचौकि गाउँपालिकाका विभिन्न बस्तीमा धान, गहु र कोदो चुट्ने मिनि थ्रेसर मेसिन पुगेको हो।
मानबिय सेवामा अन्नेकौ प्रयास कैलालीले डोटीको पुर्बिचौकि गाउँपालिकाका १२ वटा कृषि समुहलाइ एक एक वटा मिनि थ्रेसर प्रदान गरिएको हो ।
डोटीमा धान,गहुँ, र कोदो स्थानीयले खेत बाटै काटेर घर सम्म ल्यायर चुट्ने समस्या झेल्दै आएका थिए । तर थ्रेसर मेसिन प्रदान गरिए पछि समयको बचत पनि हुने र काम छिटो र सजिलो हुने भए पछि स्थानीय खुशी भएका छन ।
कृषिमा आधुनिककरण गर्न साइन नेपालले महत्त्वपूर्ण कार्य गर्दै आएको र थ्रेसर प्राप्त गरेपछि खुशी हुदै अब मुख्य त कोदो चुट्न सजिलो हुने र सस्थाले उपलब्ध गरायको थ्रेसर मेसिनको सहि सदुपयोग गर्ने हरियाली कृषक समुहका अध्यक्ष उदैय सि साउदले बताउनु भयो।
त्यस्तै ग्रामीण क्षेत्रमाका महिलाहरुले नै धान चुट्ने कोदो चुट्ने सबै काम आफै गर्दै आएको र अब थ्रेसर मेसिन पाय पछी केहि हद सम्म भए पनि महिलाहरुको बोझकम हुने कृषक शोभा जोशिले बताउनु भयो ।
कोदो चुट्ने गहु चुट्ने कुरामा डोटीका ग्रामीण भेगका महिला नै अग्र स्थानमा रहेको बताउदै महिलाहरूलाइ बढि प्रथामिकता मा राखेर कार्यक्रम बनायको र ग्रामीण भेगमा कृषि पेसालाइ अझ प्रोत्साहन गर्न थ्रेसर मेसिन बितरण गरिएको साइन नेपालका भक्तराज जोशीले बताउनु भयो
ग्रामीण भेगमा थ्रेसर मेसिन बितरण पछि केहि हदसम्म राहात भएपनि टाढा टाढा खेत बारि भएकाले घर मै राखेर काम गर्नु पर्ने देखिन्छ