Badikedar Khabar

कैलालिमा बन्दको प्रभाव

प्रकाश बहादुर थापा ,धनगढी 
नेपाल कम्युनिस्ट पार्टी लगायत ५ पार्टी र १ मोर्चाको सयुक्त पहलमा घोषणा गरेको नेपाल बन्द सुदुरपश्चिम प्रदेशको केन्द्र धनगढीमा व्यापक प्रभाव परेको छ । बिहानैदेखि नेता/कार्यकर्ता रोडमा उत्रिएर नाराजुलुस सहित चौराहदेखि पार्कमोड र सो ठाँउदेखि फेरी चौराहतिर प्रवेश गरिरहेका छन एम.सि.सि.खारेज गर,देश बेच्न पाइँदैन,नेपाल बन्द सफल पारौ,विप्लव दाइ आदेश देउ लडन तयार छौ जस्ता नाराहरु लगाइ रहेका छन । सो नाराजुलुसमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य ओम प्रकाश पुन,दल बहादुर धामी ‘अग्नि’कैलाली जिल्ला सेक्रेटरी दिपेन्द्र चलाउने लगायत नेता/कार्यकर्ताहरुको उपस्थिति रहेको छ।

याे पनि हेर्नुस्
Loading...