एकेन्द्र चन्द डोटी
एमसीसीको विरोधमा रहेका ५ दल र एउटा मोर्चा संगठनले गरेको बन्दको प्रभाव डोटीमा जिल्लामा मध्यम परेको छ
डोटीबाट लामो दुरीमा चल्ने सवारी साधन चल्न सकेका छैनन् । छोटो दुरीका सवारी साधन भने फाडफुड रुपमा चलेका छन् ।
एमसीसीको विरोधमा रहेका ५ दल र एउटा मोर्चा संगठनले गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा खासै परेको छैन । बन्दकर्ताले गर्नसक्ने उच्छृङ्खल गतिविधिलाई रोक्न बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। गृह मन्त्रालयले मंगलबार नै सर्कुलर जारी गरेर सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएको थियो ।