Badikedar Khabar

सुदुरपश्चिम प्रदेशमा बन्दको प्रभाव

प्रकाश थापा कैलाली
नेपाल कम्युनिस्ट पार्टी लगायतका राजनैतिक दलहरुले गरेको १ दिने नेपाल बन्द सुदुरपश्चिम प्रदेशको सबै जिल्लामा व्यापक प्रभाव परेको सुचना प्राप्त भएको छ डोटी जिल्ला सदरमुकाम सिलगढी र दिपायल सबै बजार ठप्पै बन्द र सुनसान भएको युवा संगठन नेपाल डोटी जिल्ला अध्यक्ष सुशिल मलासीले बताएका छन त्यसैगरी डडेलधुरा जिल्ला सदरमुकाम अमरगढी नपा परशुराम नपा लगायत सम्पूर्ण जिल्लाभरी बन्द भएको अखिल(क्रान्तिकारी) डडेलधुरा अध्यक्ष गणेश बोहराले जनाएका छन। यसरी नै कन्चनपुर,अछाम,बजुरा,बझाङ,बैतडी,दार्चुला र कैलाली सबै सुदुरपश्चिम प्रदेशको ९ जिल्लामा नेपाल बन्दको व्यापक प्रभाव परेको नेपाल कम्युनिस्ट पार्टीका नेताहरु मार्फत जानकरी प्राप्त भएको छ । आज एम.सि.सि.परियोजना संसदमा टेबुल हुन लागेको विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी लगायतका राजनैतिक दलहरुद्वरा एक दिने नेपाल बन्द आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टीका विशेष कमिटी सदस्य बिमल धामीले बताइएका छन ।

याे पनि हेर्नुस्
Loading...