Badikedar Khabar

प्रतिनिधि सभा बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडौं सुरु हुनसाथ प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरुले अवरोध गरेपछि प्रतिनिधि सभाको बुधबारको बैठक स्थगित भएको छ।

अब अर्को बैठक शुक्रबार बस्नेछ। शुक्रबार दिउँसो १ बजे बस्ने गरी आजकाे बैठक सकिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए।

बुधबारको बैठक थारु आयोगको प्रतिवेदन पेश र शोक प्रस्ताव पारित गर्दै सकिएको छ। बैठकको सुरुवातमै एमालेले अवरोध गरेको थियो।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारबाही सुरु हुन्छ भने लगत्तै एमालेका सांसदहरुले विरोध र नाराबाजी गर्न सुरु गरेका थिए।

बुधबारको बैठकमा अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता टेबल गर्ने तयारी भए पनि अन्तिम घडीमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार सम्झौता टेबल नगर्ने सहमति बनेको थियो।

याे पनि हेर्नुस्
Loading...