Badikedar Khabar

घोडाघोडी नगरपालिकामा तालाबन्दी, कर्मचारी र जनप्रतिनिधिसहित भित्रै थुनिए

सुखड,४ फाल्गुन । कैलालीको घोडाघोडी नगरपालिका खोलेको भन्दै बन्द कर्ताहरुले नगरपालिकामा तालाबन्दी गरेका छन् । बन्द कर्ताहरुले घोडाघोडी नगरपालिकामा ताला लगाए पछि जनप्रतिनिधि र कर्मचारी भित्रै थुनिएका छन् । उनीहरूले नगरपालिका कार्यालयको मुख्य गेटमा ताला लगाएका हुन् ।

नेपाल बन्दको बेला नगरपालिका खोलेर सेवा प्रवाह गरेको भन्दै विरोध स्वरूप ताला लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा घोडाघोडी नगर संयोजक भरत शाहले बताए । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा नेपाल बन्द गरिएको हो । विभिन्न ६ दलीय मोर्चाले एमसीसीको विरोधमा बुधवार नेपाल बन्द गरेका हुन् ।

jnhit

बन्दका कारण लामो दुरीका सवारी साधन चलिरहेका छैनन् । आज छोटो दुरीका सवारी अटो रिक्सा, मोटरसाइकल मात्र चलिरहेका छन् । सार्वजनिक यातायात सेवा प्रभावित भएको छ भने शिक्षण संस्था पनि बन्द भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द गरेका हुन् । मोर्चाले एमसीसी सांसदबाट पारित हुन लागेको र यो सम्झौताले देश सङ्कटमा पर्न सक्ने भएकाले त्यसको विरोधमा नेपाल बन्द गर्न लागिएको जनाएको छ ।

sugag
याे पनि हेर्नुस्
Loading...