फाल्गुन । शिक्षिका बलात्कार अभियोगमा नेकपा एमालेका सांसद मोहन बानियाँविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ। बानियाँले आफूलाई बलात्कार गरेको भन्दै एक शिक्षिकाले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्।

प्रहरीले बानियाँलाई पक्राउ गर्ने तयारी गरेको हो।पूर्वमन्त्रीसमेत रहेका बाँनियाले जुम्ला घर भएकी शिक्षिकालाई नेपालगञ्जस्थित होटल अप्सरामा बोलाएर बलात्कार गरेको आरोप छ।
सोमबार पक्राउ पुर्जी जारी भएपछि बानियाँ फरार भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ। २५ लाख रुपैयाँ दिन्छु भनेर बोलाएर बलात्कार गरेको महिलाको आरोप छ।
