काठमाडौं । एमसीसीको विरोध प्रदर्शन गर्ने नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीसहित ४२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार अपरान्ह नयाँ बानेश्वरस्थित संसद भवन अगाडी एमसीसीको विरोधमा प्रदर्शनपछि भएको विरोधसभामा प्रहरीले हस्तक्षेप गरी अनेरास्ववियूका नेता कार्यकर्तालाई पक्राउ गरेको हो ।प्रहरीले उपाध्यक्ष हिरेन्द्र शाही, उपमहासचिव भुपेन्द्र शाह, कल्याण दाहाल, मेघनाथ चापागाईं, महेश श्रेष्ठ, अशोक थापा, मिलन राई र सचिवहरू उतर खड्का, मनिषा कार्की र संगिता राना मगरलगायत ४२ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई नेपाल पुलिस क्लबमा राखिएको छ ।
अनेरास्ववियूका उपमहासचिव नरेश न्यौपानले अनेरास्ववियूका प्रहरी दमनको घोर भत्सर्ना गर्दै एमसीसी सम्झौता खारेज नभएसम्म आन्दोन जारी राख्ने चेतावनी दिनुभएको छ ।
