Badikedar Khabar

जनतालाई अन्योलमा राखेर एमसिसी पास गर्नु हुँदैन : नेता खनाल

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा समाजवादीका नेता झलनाथ खनालले नेपाली जनतालाई अन्योलमा राखेर एमसिसी पास गर्न नहुने बताएका छन् ।

नेपाली जनतालाई थाहै नदिईकन र एमसिसीका दस्ताबेज अध्ययन नगरीकनै सम्झौता पास गर्न खोजिनु उचित नहुने उनले बताए ।

jnhit

आज (बुधबार) संसद् बैठकपछि नेता खनालले यस्तो प्रतिक्रिया दिएका हुन् । नेपाली जनतालाई थाहा पनि नदिईकन, गुमराहमा राखेर, ती दस्ताबेज अध्ययन पनि नगरीकन एमसिसी सम्झौता गरिनु पनि हुँदैनथ्यो । यो राष्ट्रहित विपरीत छ, नेता खनालले बताएका थिए ।

सरकारको नेतृत्वमा रहेका नेताहरूलाई लक्षित गर्दै उनले के गर्दा राष्ट्रहित हुन्छ भन्ने विषय उनीहरूले नबुझेको उनको भनाइ थियो ।

खनालसहित नेकपा समाजवादीका नेताहरूले एमसिसी परिमार्जन गर्नुपर्ने वा अहिलेकै अवस्थामा पारित गर्न नहुने अडान राख्दै आएका छन्।

यस्तै सत्ता गठबन्धनमा सामेल माओवादी केन्द्रका नेताहरूले पनि एमसिसी पास गर्नुअघि राष्ट्रिय सहमति आवश्यक भन्दै आएका छन् ।

sugag
याे पनि हेर्नुस्
Loading...