Badikedar Khabar

नेता नारायणकाजी श्रेष्ठ एमसिसीको विरोध गर्दै सडकमा

काठमाडौँ । सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एमसिसीको विरोध गर्दै सडक प्रदर्शनमा उत्रिएका छन् ।

नेमकिपासहित गठबन्धन दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादी सम्बद्ध कार्यकर्ताहरुले गरेको प्रदर्शनमा सहभागी हुन उनी सडकमा पुगेका हुन् ।

माओवादी केन्द्रले यथास्थितिमा एमसिसी पास नगर्ने बताउँदै आएको छ । बलपूर्वक रुपमा संसद्‌मा एमसिसी टेबल गरिए त्यसको विपक्षमा उभिने माओवादी केन्द्रले निर्णय गरेको छ । जबरजस्ती एमसिसी पास गर्न खोजिए सत्ता छाड्ने समेत माओवादीले चेतावनी दिएको छ ।

याे पनि हेर्नुस्
Loading...