Badikedar Khabar

निगमको हङकङ उडान २० गतेसम्म बन्द

नेपाल वायुसेवा निगमको हङकङ उडान फागुन २० सम्म बन्द हुने भएको छ। हङकङ सरकारले काठमाडौंबाट त्यहाँ जाने यात्रुलाई निषेध गरेको कारण सो अवधिसम्म उडान नै नहुने भएको हो।डिपार्टमेन्ट अफ हेल्थ अफ द गभर्नमेन्ट अफ द हङकङ (एसएआर)ले काठमाडौंबाट यात्रुलाई गत माघ २९ देखि नै प्रवेश निषेध गरेको थियो।

योसँगै निगमका उडानहरु २० गतेसम्म अर्थात् आगामी मार्च ४ सम्म नहुने भएको हो हो। हङकङबाट थप जानकारी आएपछि सूचित गरिने निगमले जनाएको छ। टिकट रिसिड्युल गर्न सम्बन्धित ट्राभल एजेन्सी वा निगमको काठमाडौं–हङकङ अफिसमा सम्पर्क राख्न भनिएको छ।

याे पनि हेर्नुस्
Loading...