
नेपाल साँस्कृतिक संघ कैलालीले स्थानीय पालिका समिति बिस्तार अन्तर्गत मोहन्याल गाउँपालिकाको नेपाल साँस्कृतिक संघको तदर्थ समिति गठन सम्पन्न भएको संघका जिल्ला सभापति एवं नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य युवा नेता सुरत रावत(डोटेली कान्छा)ले बताउनु भयो ।
लोकतान्त्रिक स्रष्टा यशोदा बमको सभापतित्वमा १३ सदस्यीय तदर्थ समिति चयन गरिएको छ। जसको उपसभापतिमा भैरब ताडी,सचिबमा निर्मला भाट ,कोषाध्यक्षमा झरना बम मल्ल, सह-सचिब दानबहादुर ताडी चयन हुनु भएको छ ।
त्यस्तै सदस्यहरुमा कोपिला भुल, दिलमाय भाट, डम्मर सार्की ,सुनिता बम,अर्जुन सार्की , डबल बहादुर कुडमाल,पारस बम र हुकुम बम चयन हुनु भएको छ ।
नेपाली काङ्ग्रेसका नेता भिम बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व एशोदा बमले गर्नु भएको थियो ।
