Badikedar Khabar

भूकम्पले भत्किएका सम्पदाहरु ठडिँदै : मन्दिर, पाटीपौवाको पुनर्निर्माणको काम धमाधम (

काठमाण्डाै – २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका काठमाण्डौका सम्पदाहरु धमाधम बन्दैछन् ।

काठमाण्डौको वसन्तपुर र जैसीदेवल, ललितपुरको पाटन, ठेँचो र बुङ्मती तथा भक्तपुरको दरबार परिसर र दत्तात्रय वरपर मन्दिर पाटीपौवा पुनर्निर्माणको काम भइरहेको छ ।

आस्था, विश्वाससँगै ऐतिहासिक एवम् पुरातात्त्विक महत्त्वलाई जस्ताको तस्तै राख्न चुनौतीपूर्ण भएकाले सम्पदा पुनर्निर्माणको काममा ढिलाइ भएको हो ।

परम्परागत प्रविधि र सिपको हस्तान्तरण र पुस्तान्तरण नहुँदा, मठ मन्दिर जीवित नै रहँदा यसमा प्रयोग गरिएको कला तथा प्रविधिको विवरणहरु सङ्ग्रह नगरिनुले पनि सम्पदा निर्माणमा ढिलाइ भएको छ । सम्पदा पुनर्निर्माणमा सघाउने कालीगढको समेत अभाव रहेको निर्माणमा संलग्नहरुको भनाइ छ ।

याे पनि हेर्नुस्
Loading...