Badikedar Khabar

घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा उमेशप्रसाद सिंह निर्विराेध

वीरगञ्ज – नेपाल घरेलु तथा साना उद्योग महासंघमा उमेशप्रसाद सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।

महासंघको वीरगञ्जमा सम्पन्न २५औं राष्ट्रिय महाधिवेशन तथा २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट सिंह अध्यक्षताका कार्यसमिति निर्विरोध निर्वाचन भएको हो।

जसअनुसार वरिष्ठ उपाध्यक्षमा सूर्यबहादुर कँडेल तथा उपाध्यक्षहरुमा लघु उद्यमतर्फ पूर्णबहादुर भण्डारी, घरेलु उद्योगतर्फ प्रकाश रावल, साना उद्योगतर्फ चन्दनकृष्ण श्रेष्ठ, अन्तर्राष्ट्रिय सम्बन्ध मुकेश उपाध्याय, महिलातर्फ शोभा गुरुङ, वस्तुगततर्फ मोहन कटुवाल, एसोसिएटतर्फ शान्ता बास्कोटा कोइराला, सहकारीतर्फ सत्यनारायण प्रजापति, कृषितर्फ हरिहर थापा र पर्यटनतर्फ राजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन्।

महासंघको महासचिवमा डम्बरप्रसाद रेग्मी, कोषाध्यक्षमा अच्युत पाण्डे, सचिवहरुमा दीपकबहादुर बुढा, सहकारीतर्फ भेषराज पाण्डे, वस्तुगततर्फ महेन्द्रबहादुर चित्रकार, एसोसिएटतर्फ रुद्रप्रसाद न्यौपाने, सहकोषाध्यक्षमा ज्ञानबहादुर खडका निर्वाचित भएका छन्।
त्यस्तै ८० जना सदस्यहरुहरु निर्वाचित भएका छन्।

महासंघकै केन्द्रीय महिला उद्यमी समितिमा रोशनी उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। समितिको वरिष्ठ उपाध्यक्षमा रीता अवाल, उपाध्यक्षहरुमध्ये उद्यम व्यवसायतर्फ कृष्णाकुमारी पाठक र संगठनतर्फ तारा आचार्य चुनिएका छन्।

महासचिवमा डा सोनी महतो, कोषाध्यक्षमा मीना तामाङ र सचिवमा दीपा शाक्य तथा १४ जना सदस्य चुनिएको महासंघले जनाएको छ।

नवनिर्वाचित अध्यक्ष सिंहले महासंघको गरिमालाई उच्च बनाएर लघु, घरेलु तथा साना उद्योगीहरुको हक–हितमा काम गर्ने बताए।

महासंघको उपस्थितिलाई देशैभर व्यापक बनाउँदै लैजाने र उद्योगीहरुलाई आत्मस्वाभीमानका साथ अगाडि बढ्न सक्ने वातावरण बनाउन लागिपर्ने उनले प्रतिबद्धता जनाए।

याे पनि हेर्नुस्
Loading...