काठमाडौँ – चितवनको इच्छाकामना गाउँपालिका–२ रमाइलो डाँडामा शुक्रबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २४ वर्षीय रविन गुरुङ, उनकी फुपू ३० वर्षीया प्रतिभा गुरुङ र प्रतिभाको छोरा ५ वर्षीय आर्यन रहेका छन्।
उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार साँझ ५ बजे इच्छाकामनाबाट शक्तिखोरतर्फ आउँदै गरेको प्रदेश २-०३-००२ प ५९८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी ४ सय मिटर तल खसेको प्रहरी चौकी जुटपानीले जनाएको छ।