Badikedar Khabar

आसन्न स्थानीय तहको निर्वाचनमा भजनी नगरपालिकामा मेयरका आकांक्षी कुन पार्टी बाट को

प्रेम ताडी  ,फाल्गुन २८, सुखड   ,

कैलालीमा यति खेर देश लगभग चुनावी मय बनिसकेको छ ।  राजनीतिक दलका नेता कार्यकर्ता भेटघाट र संगठन विस्तार गर्न निकै दौड धूप गरिरहेका देखिन्छन् । गाउँमा कहिल्यै अनुहार नदेखिने शीर्ष स्थरका नेताहरु पनि गाउँघरमा आउने भेटघाट गर्ने कार्यक्रम तिब्र रूपमा चलिरहेको छ ।

आफूले बोलेका वाचाहरु कति पूरा गरे कति यो समस्याले भएन अझै गर्दै छौ भनेर नेताहरु पुनः जनतासँग समीक्षा गरिरहेका देखिन्छन् । नेताको दौड धूप हेर्दा यस्तो लाग्छ दशैं आएको बेला मानौं कुनै गरीब परिवारमा बलीबालिकहरु निकै खुसी हुँदै नयाँ लुगा किन्न पाइन्छ भनेर रमाइरहेका हुन्छ्न । त्यस्तै नेताहरुमा निकै उत्साह छ ।

निर्वाचन आयोगले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने भनेर मिति नै तय गरिसक्यो र आफू आयोग तिब्र तयारीमा जुटिरहेको छ । मत पत्र,खर्च देखि लिएर हरेको कुराको तयारीमा लागेको छ । आयोग आफ्ना आचार संहिताहरु पनि बिस्तारै बिस्तारै सार्वजनिक गर्दै छ ।

फाल्गुन २७ शुक्रबार कति देखि कति सम्म एक स्थानीय तहको उमेद्वारले खर्च गर्न पाउने भनेर घोषणा गरेको छ । जसमा महानगपालिका मेयर ले ७ लाख ५० पाउने र वडा अध्यक्षले १ लाख ५० हजार सम्म खर्च गर्न पाउने व्यवस्था सार्वजनिक गरेको हो ।

निर्वाचन आफ्नो तयारी मा जुट्दै गर्दा राजनीतिक दल पनि आफ्नो तयारीमा लागि परेका छन् । जसमा नेपाली कांग्रेसले आफ्नो चुनावी अभियान नै सञ्चन गरिसकेको छ ।अन्य दल पनि तयारीमा नै छन् । दलहरुका शीर्ष स्थरको नेताहरु को संग चुनावी तालमेल गर्ने कसरी जाने भन्ने विषयमा गम्भीर रूपमा लागि परेका छन् । तालमेल भए कसरी जाने तालमेल नभए पछि कुन ढंगले जाने भन्ने कुरा अहिलेको महत्वको विषय भनेको दलका लागि । जसमा अहिले सत्ता गठबन्धन विशेष चुनावी तालमेल गर्ने देखिएको छ ।

शीर्ष स्थरको नेताहरु छलफल मा जुटिरहेको बेला यता स्थानीय तहहरुमा भने विभिन्न राजनीतिक दलका नेता आफू चुनावी मैदानमा हुम्मीने आकांक्षा देखाउँदै छन् । महनानगर देखि पालिका हुँदै वडा पालिका सम्म आफ्नो उमेद्वारी को आकांक्षा प्रकट गर्दैछन् । यस्तैमा कैलाली जिल्लाको भजनी नगरपालिका मा पनि चुनावी सरगर्मी निकै बढेको देखिन्छ । जहाँ चुनावका लागि थुप्रै आकांक्षीहरु अगाडि सर्दैछन् ।

विभिन्न पार्टीमा आफ्नो आकांक्षा देखाई रहेका छन् । जहाँ मुख्यतः नेपाली कांग्रेस, नेकपा एमाले,नेकपा माओवादी, जसपा,नेकपा एस, राप्रपा,भर्खरै दर्ता भएको पार्टी नागरिक उन्मुक्ति का उमेद्वारहरु आफ्नो आकांक्षा देखाउँदै छन् ।

भजनी नगरपालिका कुन पार्टी बाट आसन्न स्थानीय तहको निर्वाचनमा को छन् सम्भावित तथा आकांक्षी उम्मेदवारहरु ?

चुनावी मैदानमा हुम्मिमिए दलहरुका नगरपालिका मेयरका आकांक्षी र संभावित उमेद्वारहरुलाई बिस्तारै आफै सार्बजनिक हुने क्रम जारी रहेको छ ।

यस्तैमा भजनी नगरपालिका मा नेपाली कांग्रेसको तर्फबाट संभावित उमेद्वारहरु : अहिले कांग्रेसमा युवा नेताको आगमन समेत भएको जनाइएको छ । प्रेम जैशी युवा नेताको रूपमा अगाडि बढेका छन् । यस्तै वीर बहदुर हमाल, लोकेन्द्र चौधरी, दिपक जोशीको नाम अगाडि देखिएको छ । र यस्तै गोकेन्द्र भण्डारीको नाम पनि अगाडि आएको छ ।

यस्तै माओवादी केन्द्र बाट हालकै मेयर शेर बहादुर चौधरी दोहोरिने सम्भावना रहेको जनाएको छ ।तर पनि सुरज चौधरी को नाम पनि अगाडि नै देखिन्छ आकांक्षी तथा संभावित उमेद्वारको रूपमा ।

नेकपा एमाले बाट पनि आकांक्षी को ताती नै रहेको छ तर पनि हाल सम्म चर्चामा रहेका रतन रेग्मी र हर्क बुढा देखिएका छन् ।

यदा कता हाल उपमेयर रहेकी छायाँ देवी देवकोटाको नाम पनि सुन्निछ । यस्तै सुदुरका कुनै जिल्लामा नाम समेत नरहेको जसापा ले पनि कैलालीमा आफ्नो छवि उच्च बनाउँदै आएको छ जस अन्तर्गत जसपाबाट युवा नेताको अनुहार बाहिरिएको छ ।

जहाँ युवा लक्षीराम चौधरीको आफ्नो नाम अगाडि आएको छ । त्यस्तै जसपा बाटै राजाराम चौधरी पनि आकांक्षी तथा संभावित उमेद्वार रहेको जनाइएको छन् ।

यस्तै नयाँ पार्टीको रूपमा भर्खरै दर्ता भएको तर कैलालीमा आफ्नो छवि बलियो बनाएको नागरिक उन्मुक्ति पार्टीमा पनि आकांक्षीहरु सार्वजनिक हुन थालेका छन् ।

जसको संभावित उमेद्वारको रूपमा केवल चौधरी र बिक्रम चौधरी रहेका छन् ।

यता नेकपा एमाले बाट पार्टी अलग भएको पार्टी नेकपा एसमा पनि आकांक्षी तथा संभावित उमेद्वार को रूपमा प्रदिप मल्ल अगाडि बढेका छन् ।

त्यस्तै राप्रपा मा पनि सोही क्रम जारी नै रहेको छ । जसको संभावित उमेद्वार को रूपमा राजकुमार चौधरीको नाम अगाडि आएको छ ।

उमेद्वार मा आफ्नो आकांक्षा देखाउँदै सबै चुनावी तयारीमा जनता सामु छलफलमा जुटेका छन् । अब कसले जनताको मन् जित्ने भन्ने त्यो भने नेताहरुको आफ्नै ठूलो जिम्मेवारी रहेको छ

याे पनि हेर्नुस्
Loading...