काठमाडौँ– पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–९ थुम्सीमा गएराति बसले कारलाई ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको छ।
मृत्यु हुनेमा बसमा सवार ललितपुरको कुपण्डोलका ६० वर्षीय बासुदेव थापा रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुरस्थित सरकारी अस्पतालमा शुक्ररबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
ना ६ ख ९४५९ नम्बरको बसले प्रदेश ३–०१–०२२ च ५८०७ नम्बरको कारलाई शुक्रबार राति साढे ९ बजे ठक्कर दिएको थियो।
दुर्घटनामा संलग्न दुवै सवारी साधनसहित चालकलाई इलाका प्रहरी कार्यालय गैंडाकोटले नियन्त्रणमा लिएको छ।