धनगढी, २८ फागुन , शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राजनीतिक आस्थाका आधारमा काम नगर्न आग्रह गरेकी छन् ।
समाजवादी प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री झाँकीले सो कुरा बताएकी हुन् । अहिले राजनीतिका आधारमा बिकासका योजना भैरहेको बिषयलाई चार्चा गर्दै बिकासमा राजनीति नगर्न आग्रह गरिन् । बिकासन्मुख राष्ट्र भएकोले अहिले भौतिक बिकाशको आवश्यक छ सबैले एक जुट भई बिकासका मुद्यामा लाग्न मन्त्री झाँकीले जोड दिईन् ।
‘अहिले सम्म विकास हुन नसकेको पहाडी क्षेत्र रहेका छन’ मन्त्री झाँर्कीले भनिन्–‘पहाडी जिल्लामा विकास गरे मात्रै सामानुपतिक बिकास हुन्छ ।’ गाँउगाँउमा सडक पुगाए मात्रै जनताले बिकासको महसुस गर्ने छन् उनको भनाई थियो ।
अझै पनि विकासका काममा ढिलासुस्ती भएपनि मन्त्रालयका तर्फबाट अनुगमनमा कडाई भएको बताउदै मन्त्री झाँकीले विकास निमार्णका काम गर्दा के काम कति बेला उपयूक्त हुने बातावरण बनाउनुपर्ने बताईन् ।