Badikedar Khabar

स्थानीय तहको चुनाव समाजवादी एक्लै लड्न तयार छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले आगामी स्थानीय तहको चुनावमा नेकपा एकीकृत समाजवादी एक्लै पनि चुनाव लड्न तयार रहेको बताएका छन्।

उनले शनिवार धनगढीस्थित विमानस्थानमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यस्तो बताएका हुन् ।
मन्त्री आलले चुनावमा गठबन्धन भए पनि ठिक छ नभए पनि आफूहरू तयार रहेको बताएका छन् । ‘गठबन्धन आजको आवश्यकता हो, यो कुनै पार्टीसँग गएर टाँसिएको होइन,’उनले भने,‘यही गठबन्धनले गर्दा नै शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ ।’

यो कुनै बाध्यता पनि होइन, परिस्थिति अनुसार अगाडी बढ्ने कुरा भएको उनको भनाई छ ।

याे पनि हेर्नुस्
Loading...