Badikedar Khabar

सुनसरी र रुपन्देहीमा राप्रपा नेपालका अध्यक्ष चयन: धादिङमा लोसपा राप्रपा नेपालमा समाहित

काठमाडौँ – राप्रपा नेपालले विभिन्न जिल्लामा समिति गठन गर्ने क्रममा तीन जिल्लामा अध्यक्ष चयन भएका छन्।

पार्टीको सुनसरी जिल्ला अध्यक्षमा किरण चौलागाईं र रुपन्देही जिल्ला अध्यक्षमा अधिवक्ता प्रदीप शेरचन सर्वसम्मत चयन भएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको हो।

चौलागाईंको अध्यक्षतामा ३७ सदस्यीय राप्रपा नेपाल सुनसरी जिल्ला कार्य समिति गठन गरिएको छ। शेरचनको अध्यक्षतामा ३५ सदस्यीय राप्रपा नेपाल रुपन्देही जिल्ला समिति गठन भएको छ।

त्यसैगरी धादिङ जिल्लामा लोकतान्त्रिक समाजवादी पार्टी जिल्ला कार्य समिति राप्रपा नेपालमा समाहित भएको छ। लोसपा परित्याग गरी राप्रपा नेपालमा प्रवेश गरेका नोरमान तामाङले राप्रपा नेपाल धादिङको अध्यक्षको जिम्मेवारी पाएका छन्।

जनवर्गीय संगठनहरुमा युवक, विद्यार्थी, महिला र युवा मोर्चाको नेतृत्वको जिम्मेवारी क्रमशः कैलाश कटुवाल र कमल बम रजवार, सुनिता कुरुङ्वाङ र नगेन्द्र देउजाले प्राप्त गरेका छन्।

केही दिनभित्र धार्मिक र सांस्कृतिक संगठनको केन्द्रीय समिति घोषणा गर्ने तयारी रहेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

याे पनि हेर्नुस्
Loading...