Badikedar Khabar

गण्डकी र प्रदेश-१ का पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाण्डाै – पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले अहिले पहाडी भूभागको केही ठाउँमा मौसम सामान्य बद्ली भएको छ ।

बाँकी ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभरको मौसम सफा रहने छ । बेलुकीपख प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक वा दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

jnhit

पूर्वी हिमाली भेगको एक/दुई ठाउँमा सामान्य हिमपातको पनि सम्भावना रहेको छ।

यस्तै, केही दिनदेखि गर्मी बढेको छ । गएको २४ घण्टामा धरानको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस पुगेको छ।

यस्तै, दिपायलको अधिकतम तापक्रम ३२ दशमलव पाँच डिग्री सेल्सियस र विराटनगरको अधिकतम तापक्रम ३२ दशमलव तीन डिग्री सेल्सियस पुगेको छ। यस्तै धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, दाङको घोराही, भैरहवा, सिमरा, जनकपुर लगायतका ठाउँको अधिकतम तापक्रम पनि ३० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

sugag
याे पनि हेर्नुस्
Loading...