Badikedar Khabar

पूर्वीचौकी गाउँपालिकामा दोस्रो खुल्ला अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु

डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ५ काडाँमाण्डौंमा सुदूरपश्चिम प्रदेश अन्त्रगतको पालिका स्तरीय दोस्रो खुल्ला अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता फागुन २८ (शनिबार) देखि ३० गते सम्म सञ्चालन हुने पूर्वीचौकी गाउँपालिका युवा क्लबले जनाएको होे ।

पूर्वीचौकी गाउँपालिका युवा क्लबका अध्यक्ष अविनाश कठायतको अध्यक्षतामा भएको प्रतियोगितामा प्रमुख अतिथी पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटी रहेका थिए । गाउँपालिकाका अध्यक्ष बोगटीले प्रतियोगिता सफलताको शुभकामना समेत दिएका छन् ।

शनिबार भएको पहिलो खेलमा नवदुर्गा क्लव डडेल्धुरा र डोटी क्याम्पस बिच भएको खेलमा नवदुर्गा क्लव बिजयी भएको छ । यस्तै दोस्रो खेलमा पूवीचौकी क्लव र दिपायल सिलगढी डोटी बिच भएको खेलमा पूर्वीचौकी क्लव बिजयी भएको हो ।

प्रतियोगिता प्रथम हुने टिमले एक लाख १५ हजार ट्रफि र मेडल प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ६० हजार प्राप्त गर्नेछ ।यस्तै तृतीय हुने टिमले नगद ३० हजार प्राप्त गर्नेछ भने उत्कृष्ट खेलाडीलाई ट्रफि र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामामा १२ टिमको सहभागिता रहेको छ ।

याे पनि हेर्नुस्
Loading...