अफगानिस्तानमा तालिबानको पुनः उदयसँगै त्यहाँका सडकमा तालिबान र हक्कानी समूहका नाइकेका तस्बिर टाँगिन थालेका छन् ।
बीबीसीका सम्वाददाता सिकन्दर किरबानीले सडकछेउका ठूला होडिङबोर्डमा लगाइएका तस्बिर ट्वीट गर्नुभएको छ । त्यसमा मुल्ला उमर तथा जलालुद्दीन हक्कानीको तस्बिर देखिन्छ ।
मुल्ला उमर तालिबानका संस्थापक र उनका छोरा मुल्ला याकुब अहिलेकाे तालिबान सरकारमा रक्षा मन्त्री भएको बीबीसीले जनाएको छ । यस्तै जलालुद्दीन हक्कानीले हक्कानी सञ्जालको निर्माण गरेका थिए । सन् २०१८ मा हक्कानीको निधन भएको थियो ।