काठमाण्डाै – कैलालीका उज्यालो सहकर्मी सीताराम ओझा युवा पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयले आज आइतवार युवा पत्रकारिता पुरस्कारबाट उज्यालो सहकर्मी सीताराम ओझासहित चार जना सञ्चारकर्मीलाई सम्मान गरेको हो ।
ओझासँगै वसन्ती बास्तोला, पूर्णबहादुर खड्का र केशवबहादुर भुल पनि सम्मानित हुनुभएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले सम्मानित सञ्चारकर्मीहरूलाई ५० हजार रुपैयाँ र सम्मानपत्र प्रदान गर्नुभएको हो ।
यस्तै मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा सम्मान २०७८ बाट १२ जना युवालाई सम्मान गरेको छ । हिमकुमारी उपाध्याय, धिर्जबहादुर उपरकोटी, मङ्गलबहादुर विष्ट, सन्तोष बोटे, कुशलचन्द्र अधिकारी र कुसुम केसी सम्मानित हुनुभएको छ । त्यस्तै सुमित्रा घिमिरे, राजन गौतम, राज कुमारी पौडेल, राजाराम गुरुङ, अशोक शर्मा भट्ट र खिमप्रसाद पन्थी राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।