Badikedar Khabar

एमालेले सरकारलाई खबरदारी गर्न छाडेर नाराबाजी गर्नु ठिक होइन : कानूनमन्त्री बडू

काठमाडौं । संसदीय मामिला तथा कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले जनताका जल्दाबल्दा समस्याबारे सरकारलाई खबरदारी गर्न छाडेर प्रमुख प्रतिपक्षले सँधै एउटै विषयमा नाराबाजी गर्नु ठिक नभएको बताएका छन् ।

अदालतमा विचाराधीन विषयलाई उठाएर संसदमा लगातार अवरोध गर्नु राम्रो  होइन । जनताका जल्दाबल्दा समस्याका विषयमा केन्द्रीत हुन एमालेलाई आग्रह गर्छौ’, बडूले भने ।

संसद भवन परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री बडूले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जनताका सरोकारबारे जिम्मेवार हुनुपर्ने बताएका हुन् ।

उनले संसदमा विचाराधीन विषयहरुमा दलीय सहमति महत्वपूर्ण रहेको भन्दै एमालेले संवादमार्फत समाधान खोज्न तयार हुनुपर्ने बताए ।

‘संसदमा रहेका महत्वपूर्ण विषयहरुलाई उहाँहरुको साथबिना टुंग्याउने चाहना हाम्रो होइन । त्यसैले संसद सुचारु गरेर संवादमा आउन एमालेलाई आग्रह गर्दछौं’, बडूले भने ।

याे पनि हेर्नुस्
Loading...