Badikedar Khabar

रक्षा सचिव शर्माद्धारा गौमुलको मल्लोदुगुन नाउलीगाड खोलामा झोलुङ्गे पुल उद्घाटन

बाजुरा : नेपाल सरकार रक्षा मन्त्रालयका रक्षा सचिव किरणराज शर्माले बाजुरा जिल्लाको गौमुल गाउँपालिका–२ मल्लोदगुनस्थित नाउलीगाड खोलामा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेको छ ।

कादुरी एग्रीकल्चर एण्ड एशोसियसन ब्रिटिश गोर्खाज,नेपालद्धारा निर्माण भएको झोलुङ्गे पुलको हेलिकप्टरबाट दुर्गम गाउँ मल्दुगुन पुगेर उद्घाटन गर्नुभएको हो ।

रक्षा सचिव र कादुरी संस्थासहितको टोली पुल उद्घाटनका लागि हेलिकप्टरबाट गौमुलको दुर्गम गाउँ मल्लोदुगुन पुगेको थियो । नेपाल सरकारका मान्छे पहिलो पटक उद्घाटनको लागि गाउँमा पुग्दा स्थानीयले हातमा फूल दिदै बाजागाजासहिच स्वागत गरेका थिए ।

सचिव शर्माले नाउलीगाडा खोलामा निर्मित झोलुङ्गे पुलको अवलोकन समेत गरेका छन् । निर्माण भएको मल्लोदुगुनको कुगुन्ना र अन्तर जिल्ला बझाङ जोड्ने गाउँकै लामो झोलुङ्गे पुल हो ।

कादुरी एग्रीकल्चर एण्ड एशोसियसन ब्रिटिश गोर्खाज,नेपालको ८६ लाख २२ हजार बढीको लागतमा निर्माण भएको पुलको लम्बाई ८२ मिटर लामो रहेको छ ।

पुल नाउलीगाड खोला झोलुङ्गे पुल उपभोक्ता समितिद्धारा निर्माण भएको हो । पुल निर्मापछि मल्लोदुगुन क्षेत्रका स्थानीयलाई वारपार गर्न सहज भएको छ ।

यसअघि वर्षायममा उर्लिएको भेलमा काठे पुल मार्फत वारपार गनुपर्ने बाध्यता थियो । पुल निर्माण भएसँगै मल्लोदुगुन बासीहरुलाई यात्रा गर्न सहज भएको छ । वर्षातको समयमा काठको पुलबाट यात्रा गर्दा धेरै स्थानीयको खोलामा बगेर ज्यान समेत गएको खोलामा पुल बन्दा स्थानीय खुसी भएको छन् । सबैभन्दा बढी बालबालिकालाई विद्यालय जान निकै अप्ठेरो हुने नाउलीगाड खोलामा छोटो समयको अन्तरालमै पुल निर्माण कार्य सम्पन्न भएपछि यात्रा गर्न सहज हुने भन्दै स्थानीय निकै हर्षित भएका छन् ।

पुल निर्माणबाट सोही ठाउँका १० गाउँका ९६ परिवार लाभान्वित भएका छन् । जसमा कुगुन्ना, सेरी, मल्लोदगुगुन, पाटा गरी लगभग १५ सय सर्वसाधारण लाभान्वित हुने संस्थाले अनुमान गरेको छ । २०७८ कार्तिक २५ गतेबाट पुल निर्माण कार्य सुरु भई फागुन ७ गते सम्पन्न भएको हो । ९० दिनभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेपनि वर्षा र हिमपातले गर्दा ९९ दिनमा निर्माण कार्य सम्पन्न भएको कादुरी इन्जीनियर ओहोद नारायण चौधरीले बताएका छन् ।

कादुरी संस्थाकाका प्राविधिक निर्देशक डाक्टर नारायण गुरुङले बाजुरा जिल्लामा कादुरीको पहिलो पुल बनेको बताएका छन् । उनले अहिलेसम्म नेपालमा ६ सय वटा झोलुङ्गे पुल निर्माण गरेको बताए । गौमुलकै अन्द्राडीमा कादुरी संस्थाद्धारा विद्युत समेत निर्माणधीन अवस्थामा रहेको बताउँदै जेठभित्र यहाँका बासिन्दाले विजुली जलाउन पाउँने जानकारी गराएका थिए । उनले निर्माण गरेका जतिपनि संरचनाहरुको स्वयंम स्थानीयले संरक्षण गर्न समेत आग्रह गरेका छन् ।

गौमुल गाउँपालिका वडा नं.२ का वडाध्यक्ष चक्रबहादुर बोहराले राज्यको आँखा नपरेको दुर्गम गाउँमा पुल निर्माण गरी यहाँ बसोबास गर्ने सायौं स्थानीयको जोखिम पूर्ण यात्रालाई सहज बनाई दिएकोमा कादुरीलाई धन्यवाद दिएका छन् ।  उनले नेपाल सरकारले पनि दुर्गम गाउँको पहिचान गरी विकास निर्माणमा पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।

कादुरी संस्थाले दुःखबाट आयआर्जन गरेको रकम संस्थामार्फत नेपालका विभिन्न दुर्गम ठाउँमा विकास निर्माणका कार्य गरेर दुर्गमका जनताको समस्याको अन्त्य गर्ने काम गरेको भन्दै नेपाल सरकार रक्षा मन्त्रालयका रक्षा सचिव किरणराज शर्माले कादुरी संस्थालाई धन्यवाद व्यक्त गरेका छन् ।

दुर्गका जनताका लागि राम्रो काम गरेको प्रशंसा गर्दै सबैले आआफ्नो ठाउँबाट सहयोग गर्न आग्रह समेत गरे । निर्माण भएको पुलको संरक्षण गर्ने स्थानीयको दायित्य रहेको बताउँदै सचिव शर्माले यहाँको विकासलाई माग गर्ने, संरक्षण गर्ने, शुसान हुने किसिमले काम अगाडी बढाउँने पनि स्थानीयकै दायित्व रहेको बताएका छन् ।

त्यस्तै उनले मान्छे धनी कोही मनको हुन्छ, कोही धनको हुन्छ, तर यहाँहरु मनको धनी हुनुहुन्छ, कोही पनि मान्छे गरिब हुदैन्, आफूसित यस्तो भावना राख्न पनि हुँदैन् शर्माले भने स्थानीयलाई । नेपाल सरकारसँग स्रोत कम भएको र जनताका गुनासाहरु सरकार सित पुर्याउने काम भएपनि रक्षा मन्त्रालयको तर्फबाट सोझै विकास निमार्णका कामहरु नहुने औल्याएका थिए ।

पुल उद्घाट पश्च्यात नाउलीगाड खोला उपभोक्ता समितिका अध्यक्ष र वडाध्यक्षलाई हस्तान्त्रण गरेको थियो । उद्घाटनमा रक्षा सचिव किरणराज शार्मा, श्रिमती इन्दु शार्मा पौडेल, नेपाल ट्रस इन्जीनियर गोपाल सिग्देल, रक्षा सहसिचव कृष्णप्रसाद ज्ञवाली, कादुरी संस्थाका प्राविधिक निर्देशक डाक्टर नारायण गुरुङ लगायत हेलिकप्टर मार्फत दुर्गम गाउँ मल्लोदुगुन पुगेका हुन् ।

याे पनि हेर्नुस्
Loading...