काठमाडौँ – बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहलाई अबदेखि ‘स्थानीय सरकार’ भन्नु पर्ने बताएका छन् ।
नेपाल नगरपालिका संघले आफ्नो २९औं साधारणसभाको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले स्थानीय सरकार भन्न आग्रह गरेका हुन् ।
‘हामी स्थानीय सरकारभन्दा स्थानीय तह भन्न रुचाउँछौँ । स्थानीय तहलाई सरकार भन्न रुचाएका छैनौं । सरकार भन्नेलाई आत्मसात् गर्न नसकेको हो कि’ पौडेलले भने ।
स्थानीय तह र प्रदेश सरकारबीच समन्वय हुन नसको उनले जनाए । स्थानीय सरकार बलियो नहुन्जेल संघीयताको जग बलियो नहुनेसमेत उनले बताए ।
उनले काठमाडौं उपत्यकालाई कुनै प्रदेशअन्तर्गत नराख्न कार्यक्रममा उपस्थित रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका थिए ।