काठमाडाैं । माेटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका बड्डीकेदार गाउँपालिका-२ का वडा सदस्य छत्रबहादुर चन्दलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आर्थिक सहयाेग गरेका छन् ।
गत स्थानीय तहकाे निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडा सदस्य चन्दलाई आलेले अस्पतालमा भेटेर २५ हजार नगद आर्थिक सहयाेग गरेका हुन् ।
वडा सदस्य चन्दकाे कैलालीकाे धनगढीस्थित माया मेट्राे अस्पतालमा उपचार भइरहेकाे छ ।