Badikedar Khabar

अर्याल, पन्त र सिंहलाई एआईजीमा बढुवा सिफारिस गर्ने तयारी

काठमाडौँ, २९ फागुन नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिस गर्ने तयारी भएको छ।आइतबार नै बस्न सक्ने बढुवा समितिले हालै थप गरिएका दरबन्दीमा तीन एआईजी सिफारिस गर्न लागेको हो।

बढुवा समिति बस्नु अघि नै तीन जना डीआईजीको नाममा सहमती भइसकेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ। डीआईजीहरू घनश्याम अर्याल, वसन्त पन्त र धीरजप्रताप सिंहलाई एआईजीमा सिफारिस गर्न लागेको हो।

jnhit

अर्याल र पन्त आईजीपी शैलेश थापाकै ब्याची हुन्। सिंह भने त्यसको १० महिनापछि भर्ना भएका हुन्। एआईजी विश्वराज पोख्रेल र सहकुल थापाकै ब्याची हुन् धीरज सिंह।

तर यो सिफारिसमा सत्ता साझेदार माओवादी केन्द्रले भने असन्तुष्टि जनाएको छ। माओवादीबाट रवीन्द्र धानुकलाई एआईजी बनाउनुपर्ने अडान थियो। तर घनश्याम अर्यालको नाम अघि सारिएपछि माओवादी असन्तुष्ट भएको हो।

अर्याल र पन्त भने आगामी वैशाख १९ गते आईजीपी थापासँगै अवकाश हुनेछन्।गृहसचिवको नेतृत्वमा हुने बढुवा समितिमा प्रधानमन्त्री कार्यालयका एक सचिव सदस्य र आईजीपी सदस्य सचिव हुन्छन्।

एआईजीको दौडमा अघिल्लो ब्याचका ईश्वरबाबु कार्की र पछिल्लो ब्याचका उत्तमराज सुवेदी, रवीन्द्रबहादुर धानुक र वसन्त लामाको पनि जोड थियो। तर सरकारले अघिल्लो ब्याचबाट दुई जनालाई बढुवा गर्ने तयारी गरेसँगै उनीहरु वैशाखमा मात्रै एआईजी हुने सम्भावना बढेको हो।

 

sugag
याे पनि हेर्नुस्
Loading...