धनगढी,२९ फागुन । कैलालीको धनगढीमा सुदूरपश्चिम मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।
नेपाल क्रिकेट संघको आयोजनामा यहि चैत ६ गतेदेखि ११ गतेसम्म सो प्रतियोगिता सञ्चालन हुने शनिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।
सो प्रतियोगिताको मुख्य प्रवद्र्धक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद रहेको छ ।१९ वर्ष मुनिका महिला क्रिकेट खेलाडीलाई लक्षित गर्दै सो प्रतियोगिता गरिन लागेको संघका अध्यक्ष हरि रेग्मीले बताए ।फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने सो प्रतियोगिताका लागि अहिले तयारी तिव्र पारिएको उनले बताए ।
सो प्रतियोगितामा सात वटै प्रदेशका एकरएक टीमको सहभागिता रहने छ ।प्रतियोगितामा प्रथम हुने टीमले पाँच लाख नगदसहित र दोस्रो हुनेले तीन लाख नगदसहित ट्रफि, मेडल प्राप्त गर्ने छन।
खेलकुद परिषदका सदस्य सचिव दीपक सिंहले खेलकुदको प्रवद्र्धन गर्न प्रदेश सरकारले विभिन्न संघ तथा क्लबहरुसंग सहकार्य गरेर प्रतियोगिताहरु सञ्चालन गरिरहेको बताए ।