Badikedar Khabar

अस्कर विजेता अभिनेता विलियम हर्टको निधन

jnhit

अस्कर विजेता अमेरिकी अभिनेता विलियम हर्टको निधन भएको छ। उनको ७१ वर्षको उमेरमा आइतबार निधन भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

उनले सन् १९८६ मा सर्वोत्कृष्ट अभिनेताका रुपमा अस्कर अवार्ड जितेका थिए। ‘किस अफ द स्पाइडर वुमन’ चलचित्रमा ब्राजिलको जेलमा रहेको कैदीको भूमिकाका लागि उनले अस्कर जितेका थिए।

त्यसपछिका दुई वर्ष पनि उनी अस्कर मनोनयनमा परे। उनी ‘चिल्ड्रेन अफ अ लेसर गड’ तथा ‘ब्रोडकास्ट न्यूज’ का लागि अस्कर मनोनयनमा परेका थिए।

उनले ‘थण्डरबोल्ट’ सहितका मार्भलका ‘ब्लकबस्टर’ चलचित्रमा काम गरेका छन्।

हर्टका छोरा विलले आइतबार वक्तव्य जारी गरेर ७२ औँ जन्मोत्सवको एक हप्ताअघि विलियम हर्टको निधन भएको जानकारी दिएको हलिउड वेबसाइट डेडलाइनले उल्लेख गरेको छ।

हर्टको प्राकृतिक कारणले नै निधन भएको छोरा विलले जनाएका छन्।

sugag
याे पनि हेर्नुस्
Loading...