Badikedar Khabar

सुदूरपश्चिमका दुई जिल्लामा आज सार्वजनिक बिदा

कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा दिइएको छ। सुदूरपश्चिम प्रदेश सरकारले आइतवार सार्वजनिक बिदा दिएको हो।

२०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धी सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको थियो। सोही निर्णयअनुसार भदौ २७ गते थारू समुदायको महत्वपूर्ण पर्व अट्वारीको उपलक्ष्यमा सार्वजनिक बिदा दिइएको हो।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार अघिल्लो वर्ष अट्वारीको अवसरमा प्रदेशभरी बिदा दिइएकोमा यो वर्ष कैलाली र कञ्चनपुरमा मात्रै बिदा दिइएको छ।

अट्वारीलाई थारू समुदायमा दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ।आफ्ना दिदीबहिनीका घरमा पुगेर अटवारी पर्व सकिन्छ। यसबाट दाजुभाइ तथा दिदीबहिनी बीच स्नेह र ममता प्रगाढ हुने विश्वास थारू समुदायमा छ।

याे पनि हेर्नुस्
Loading...