कञ्चनपुरको खल्लामछेट्टीमा रहेको प्राचीन सिद्धनाथ मन्दिरको मूर्ति चोर्ने योजना जेलबाटै बनेको खुलेको छ । भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीमा रहेको प्राचीन सिद्धनाथ मन्दिरमा रहेको सिद्धबाबाको मूर्ति चोर्ने योजना कञ्चनपुर कारागार जेलबाटै बनेको खुलेको हो ।
चाँदीले बनेको सिद्धबाबाको मूर्ति चोर्ने योजना जेलमै बनेको चोरीमा संलग्न करणोबहादुर बोहराले स्वीकार गरेका छन्। बोहरा चोरीकाण्डमा जेलमा थिए ।
बोहरासँगै गत साउनमा पूर्वशिक्षक हत्याकाण्डमा पुर्पक्षका लागि जेलमा रहेका प्रकाश पाल र उनका भिनाजु ललित बोहरा थिए ।
बझाङको बुगल नगरपालिका बीचगडाका बोहराले शुक्रबार राति सिद्धबाबाको मूर्ति चोरेर महेन्द्रनगर ल्याउने क्रममा स्थानीयले उनलाई समातेर प्रहरीलाई बुझाएका थिए। खल्लामछेट्टीका स्थानीय युवा किशन खडकाले मन्दिरको मूर्ति चोरेर भाग्ने क्रममा स्थानीयले समातेर प्रहरीलाई बुझाएको बताए ।
प्रहरीलाई बुझाउनुअघि बोहरा स्थानीयसँग जेलमा रहेका खल्लामछेट्टीका स्थानीय प्रकाश पालले दिएको योजनाअनुरूप चोरी गरेको बताएका छन् । चोरी मुद्दामै जेलमा रहेका बोहरा केही दिनअघि मात्रै छुटेका थिए। बझाङका बोहरा महेन्द्रनगर बसपार्कमा डेरा गरी बस्दै आएका थिए।
बोहराले पैसाको लोभले मूर्ति चोरेको स्वीकार गरेका छन् । उनले जेलमै रहेका प्रकाश पाल र ललित बोहराको योजनामा मूर्ति चोरेको बताएका छन् ।