Badikedar Khabar

पौडी खेल्ने क्रममा नारायणीमा एक जना बेपत्ता

नवलपुर – नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन्।

jnhit

नवलपरासी ९बर्दघाट–सुस्तापूर्वको देवचुली नगरपालिका–१७ कुजौलीघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा धादिङको नीलकण्ठ नगरपालिका–९ घर भई देवचुलीस्थित आफन्तको घरमा बस्दै आएका १६ वर्षीय नवराज श्रेष्ठ आइतबार बिहान बेपत्ता भएका हुन्।

पौडी खेल्ने क्रममा बेपत्ता भएका श्रेष्ठको अवस्था अहिलेसम्म पनि अज्ञात रहेका कारण उनको खोजीकार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

पौडी खेल्दा बेपत्ता भएको स्थान र त्यसभन्दा तल्लो तटीय क्षेत्रमा उनको खोजी कार्य तीव्र पारिएको उनले बताए।

sugag
याे पनि हेर्नुस्
Loading...