नेपालगञ्ज – बाँके प्रहरीले रेडपाण्डाको छाला र चरेससहित ६ जनालाई पक्राउ गरेको छ।
नेपालगञ्जको नर्सिङहोम अगाडिको एक होटलबाट दुई थान रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको हाे। डोल्पाका शुकराम विक, विकेश बोहरा, रामकृष्ण शाही र हर्कबहादुर विकलाई प्रहरीले रेडपाण्डाको छालासहित पक्राउ गरेको छ।
त्यस्तै प्रहरीले पुष्पलाल चोकस्थित एक होटलबाट दुई किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिकोटका प्रवीण शाही र नेपालगञ्जका राज कार्की रहेका छन्।
बाँके प्रहरीले घटनाको विस्तृत जानकारी पत्रकार सम्मेलन गरेर दिने जनाएको छ।